संसदमा उठ्यो मन्त्रीहरूको सुन स्रोतबारे प्रश्न


काठमाडौं-  सरकारका मन्त्रीहरूले सम्पत्ति विवरणमा उल्लेख गरेको सुनको बिल सार्वजनिक गर्नुपर्ने माग उठेको छ।

सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै एमालेकी सांसद गङ्गादेवी श्रेष्ठले मन्त्रीहरूको सुनको स्रोतबारे प्रश्न उठाउँदै त्यसको बिल सार्वजनिक गर्न सरकारसँग माग गरेकी हुन्।

उनले भनिन्, “सरकारका मन्त्रीहरूको त्यति धेरै सुन कहाँबाट आयो ? बिलबिना सुन किनबेच हुँदैन, त्यसैले सबैको बिल सार्वजनिक गरियोस्।”

श्रेष्ठले सम्पत्ति विवरणमा उल्लेख भएको सुनको वैध स्रोत र खरिद प्रक्रिया पारदर्शी हुनुपर्नेमा जोड दिँदै संसदमार्फत सरकारको ध्यानाकर्षण गराएकी हुन्।

यसैबीच, प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को परिवारसँग मात्रै १८९ तोला सुन रहेको विवरणमा उल्लेख गरिएको छ। अन्य मन्त्रीहरूको सम्पत्ति विवरणमा पनि उल्लेखनीय मात्रामा सुन रहेको देखिएको छ।

प्रतिक्रिया