अन्धाधुन्ध गोली चलाएर बन्दूकधारीले गरे आत्महत्या


काठमाडौँ – अमेरिकाको इन्डियाना पोलिसस्थित एक केन्द्रमा बिहीबार राति अन्धाधुन्ध गोली चलाएपछि हमलाकारीले आत्महत्या गरेका छन् ।

इन्डियाना पोलिसका पुलिस प्रवक्ता जिनी कुकका अनुसार पुलिस घटनास्थलमा पुग्दा गोली चलिरहेको थियो । कुकका अनुसार धेरै मानिसलाई गोली लागेको छ । यद्यपि, घाइतेको संख्या उनले खुलाएनन् ।

कुकका अनुसार बन्दुकधारीहरुले आत्महत्या गरिसकेका छन् र अब मानिसहरुलाई कुनै खतरा छैन । घटनाका एक साक्षीका अनुसार गोलीको आवाज निकै टाढासम्म सुनिएको थियो ।

अमेरिकाकै बिहीबार राति सान एन्टोनियो विमानस्थल बाहिर गोली चलाउने एक हमलाकारीलाई प्रहरीले मारेको छ । प्रहरी अधिकारीहरुका अनुसार ती बन्दुकधारीहरुले टेक्सासको उत्तरी भागस्थित हाइवेमा पनि गोली चलाएका थिए । एजेन्सी

प्रतिक्रिया