
थाल–चम्चा बजाउँदै सुकुम्बासी मोर्चा उत्रियो आन्दोलनमा
काठमाडौं– संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गर्दै बालेन्द्र शाह नेतृत्वको सरकारविरुद्ध नाराबाजी गरेको छ।
मोर्चाले देशभर डोजर आतंक मच्चाइएको आरोप लगाउँदै विरोध प्रदर्शन गरेको हो। प्रदर्शनका क्रममा सहभागीहरूले ‘बालेन सरकार चाहिँदैन’, ‘डोजर लगाउन पाइँदैन’ लगायतका नाराबाजी गरेका थिए।
प्रदर्शनकारीहरू थाल–चम्चा बजाउँदै माइतीघर मण्डलामा उत्रिएका थिए।



कागजपत्र |
