नेप्से परिसूचकमा सामान्य अंकको गिरावट


काठमाडाैं – धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक चार दशमलव १५ अङ्कले ओरालो लागेर दुई हजार ७४० दशमलव २५ मा सीमित भएको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ७० अङ्कले ओरालो लागेर ४६७ दशमलव ५५ मा सीमित भएको छ ।

कुल ३३९ कम्पनीको ५६ लाख ४३ हजार २८८ कित्ता शेयर दुई अर्ब ८० करोड ७४ लाख ४६ हजार ३६१ रुपैयाँमा खरिद बिक्री भएको छ ।

कारोबारका आधारमा एसवाई प्यानल नेपाल, रिडी पावर कम्पनी, साहस ऊर्जा, सोलु हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स शीर्ष स्थानमा छ ।

यस्तै, एशियन हाइड्रोपावर, एसवाई प्यानल, हिमालयन बैंकको बण्ड, एनआईसी एशिया ग्रोथ फन्ड दोस्रो र सेञ्चुरी डिवेञ्चरका लगानीकर्ताले कमाएका छन् ।

यस्तै, धौलागिरि लघुवित्त, झापा इनर्जी, सिटिजन बैंकको ऋणपत्र, रिज लाइन इनर्जी र आरबिबी फोकस–४० का लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।

प्रतिक्रिया