
बादलका तीन विवादास्पद शब्द संसद्को रेकर्डबाट हटाउन लगाइयाे
काठमाडौं – सभामुख डोलप्रसाद अर्यालले नेकपा एमालेका सांसद रामबहादुर थापा ‘बादल’ले प्रतिनिधिसभा बैठकमा प्रयोग गरेका तीन विवादास्पद शब्द रेकर्डबाट हटाउन निर्देशन दिएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष खनाल र रमेश प्रसाईंले बादलको अभिव्यक्तिप्रति नियमापत्ति जनाएपछि सभामुखले बुधबार संसद् सचिवालयलाई ती शब्द हटाउन निर्देशन दिएका हुन् ।
मंगलबारको बैठकमा बादलले नेपाली सेना, जेन–जी आन्दोलन तथा रास्वपा सांसदहरूमाथि टिप्पणी गरेका थिए । उनले आन्दोलनका क्रममा “नेपाली सेना मुकदर्शक बनेको”, “राष्ट्रिय झन्डा ओढेर देश जलाउनेहरू” तथा “सभालाई अराजकहरूको भिड” भन्ने अभिव्यक्ति दिएका थिए ।
सभामुखको निर्देशनपछि ती तीन वाक्यांश संसद्को रेकर्डबाट हटाइने भएको छ ।



कागजपत्र |
