७ सय रुपैँयाले बढ्यो सुनको मूल्य, कारोबार मुल्य ९० हजार कट्यो


काठमाडौं – नेपाली बजारमा सुनको मूल्य उकालो लागेको छ । बिहीबार प्रतितोला ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज शुकूबार ७०० रुपैयाँ बढेको हो ।

यो सँगै आज प्रतितोला ९० हजार ५०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । त्यस्तै तेजाबी सुनको मूल्य ९० हजार रुपैयाँ रहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ । हिजो १२ सय ९० मा कारोबार भएको चाँदीको मूल्य आज १० रुपैयाँले बढेर १३ सय रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

प्रतिक्रिया