
टर्किस एयरको विमानमा लागेको आगो नियन्त्रणमा, २७७ यात्रु सुरक्षित
काठमाडौं – काठमाडौंमा अवतरणको क्रममा टर्किस एयरलाइन्सको विमानमा आगो नियन्त्रणमा लिइएको छ ।
विमानमा रहेका सबै यात्रुहरु सुरक्षित रहेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए ।
उनका अनुसार यात्रुहरुलाई इर्मेन्सी ढोका खोलेर उद्धार गरिएको थियो । सो विमानमा चार बच्चासहित २७७ यात्रु थिए ।
विमानमा आगो लागेपछि उद्धारका क्रममा केही यात्रुलाई सामान्य चोट लागेको छ । विमानमा केही शव र सामानहरु पनि रहेको छ ।
इस्तानबुलबाट काठमाडौं आएको TK726 विमानमा आज बिहान पौने सात बजेतिर अवतरण गर्ने क्रममा चक्कामा आगो लागेको थियो ।
उक्त विमान धावनमार्गमै रोकिएपछि अहिले अन्तर्राष्ट्रिय उडान अवतरण प्रभावित भएको छ ।
विमान धावनमार्गमै अड्किएकाले अन्तर्राष्ट्रिय उडानका ठूला जहाजहरुको नियमित तालिका प्रभावित भएको छ ।



कागजपत्र |
