
प्रतितोला हजार रूपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोरबार ?
काठमाडौं – नेपाली बजारमा आज सुनको भाउ घटेको छ भने चाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार सुनको मुल्य तोलाको एक हजारले घटेर तोलाको २ लाख ९८ हजार ९ सयमा कारोबार भइरहेको छ।
यसअघि शुक्रबार सुन तोलाको २ लाख ९९ हजार ९ सयमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मुल्य भने बढेको छ। महासङ्घका अनुसार आज चाँदी तोलाको २५ रुपैयाँले बढेर ५३०० मा कारोबार भइरहेको छ। यसअघि शुक्रबार चाँदी तोलाको ५२७५ मा कारोबार भएको थियो।



कागजपत्र |
