संवैधानिक परिषद् बैठक सुरु, प्रधानन्यायाधीश सिफारिस मुख्य एजेन्डा


काठमाडौं-  प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को नेतृत्वमा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा संवैधानिक परिषद्को बैठक सुरु भएको छ ।

बैठकको मुख्य कार्यसूची प्रधानन्यायाधीशको सिफारिस रहेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले गत मंगलबार जारी गरेको संवैधानिक परिषद् सम्बन्धी (पहिलो संशोधन) अध्यादेशपछि यो बैठक बसेको हो । उक्त अध्यादेशले परिषद्को बैठक सञ्चालन तथा निर्णय प्रक्रियालाई सरल बनाएको छ ।

नयाँ व्यवस्थाअनुसार ६ सदस्यीय परिषद्मा ४ जना उपस्थित भए गणपूरक संख्या पुग्ने र ३ जनाको बहुमतले निर्णय गर्न सकिने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया