सांसदको डिजिटल हाजिरीका लागि बायोमेट्रिक संकलन


काठमाडाैं- संघीय संसदका सांसदहरूको बायोमेट्रिक विवरण संकलन कार्य सुरु गरिएको छ। प्रतिनिधिसभा र राष्ट्रियसभा बैठकमा सांसदहरूको उपस्थितिलाई विद्युतीय माध्यमबाट अभिलेखन गर्न बिहीबारदेखि यो प्रक्रिया थालिएको संघीय संसद सचिवालयले जनाएको छ।

हाल अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति, विकास आर्थिक मामिला तथा सुशासन समिति, अर्थ समिति र विधायन व्यवस्थापन समितिका सांसदहरूको बायोमेट्रिक विवरण संकलन सम्पन्न भइसकेको छ।

उद्योग तथा वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समिति र कानुन, न्याय तथा मानव अधिकार समितिका सांसदहरूको विवरण संकलन भइरहेको छ। शुक्रबार अन्य विभिन्न समितिका सांसदहरूको पनि विवरण संकलन गरिने सचिवालयले जनाएको छ।

त्यस्तै, वैशाख २८ गते सार्वजनिक लेखा समिति तथा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सांसदहरूको बायोमेट्रिक विवरण संकलन गरिनेछ।

प्रतिक्रिया