दरबारमार्गको क्याफेबाट गैंडाकोसहित तीनजना पक्राउ


काठमाडौं- काठमाडौं महानगरपालिका–१ दरबारमार्गस्थित ओरियन्ट क्याफेबाट गैंडाको खाग जस्तो देखिने वस्तुसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२४ न्यूरोडका ५० वर्षीय संजय मान सिंह श्रेष्ठसहित अन्य दुई जना रहेका छन्।

प्रहरी वृत्त दरबारमार्गबाट खटिएको टोलीले क्याफेमा तलासी गर्दा करिब १ किलो ७५ ग्राम तौलको उक्त वस्तु बरामद गरेको हो। शंकास्पद वस्तु गैंडाको खाग हुन सक्ने अनुमान गरिएको प्रहरीले जनाएको छ।

उक्त वस्तुसहित पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया