बालेन सरकारको मूल्यांकन गर्ने समय भइसकेको छैन – कमल थापा


काठमाडौं –  राप्रपा नेता कमल थापाले काठमाडौं महानगर प्रमुख बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारको समग्र मूल्यांकन गर्ने समय अझै नआइसकेको बताएका छन्। उनले प्रारम्भिक चरणमै सुशासनका क्षेत्रमा केही सकारात्मक प्रयास देखिएको उल्लेख गर्दै कामलाई अझ नजिकबाट हेर्न आवश्यक रहेको बताए।

मे दिवसको अवसरमा ट्रेड युनियन महासंघ नेपाल (टुकोन) ले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै थापाले देश, जनता र लोकतन्त्रको हितमा काम गर्नुपर्ने आवश्यकता औंल्याए। समाजका विभिन्न क्षेत्रमा बढ्दो राजनीतिक हस्तक्षेप र दलीयकरण घटाउने दिशामा केही सकारात्मक पहल भएको उनले टिप्पणी गरे।

उनका अनुसार आर्थिक विकास बिना देशको समग्र प्रगति सम्भव छैन। त्यसैले दीर्घकालीन महत्वका योजनाहरू कसरी अघि बढाइन्छन् भन्ने विषय अहिलेको मुख्य चासोको विषय बनेको छ।

प्रतिक्रिया