आज स्थानान्तरण गरिएका सुकुम्वासीलाई पाँच स्थानमा अस्थायी बसोबास


काठमाडौं – राजधानीका विभिन्न नदीकिनार तथा सार्वजनिक जग्गामा बसोबास गर्दै आएका सुकुम्वासीहरूलाई आज हटाएर पाँच स्थानमा अस्थायी बसोबासको व्यवस्था गरिएको छ।

बल्खु, वंशीघाट, बालाजु र शंखमूललगायत क्षेत्रका घर–टहरा डोजर लगाएर हटाइएपछि उनीहरूलाई सुरक्षित स्थानमा सारिएको हो। स्थानान्तरण गरिएका सुकुम्वासीहरूलाई ललितपुरको धापाखेलस्थित टेवा कार्यालय, भक्तपुरको खरिपाटीस्थित विद्युत् तालिम केन्द्र, बोडेमा रहेको कृषि विकास बैंक तालिम केन्द्र, नगरकोट खानेपानी तालिम केन्द्र तथा काभ्रेको बनेपास्थित रेडक्रस भवनमा अस्थायी रूपमा राख्ने तयारी गरिएको छ।

स्थानान्तरणअघि उनीहरूको विवरण सङ्कलन गर्न दशरथ रंगशालामा दर्ता प्रक्रिया सञ्चालन गरिएको छ। हालसम्म ७२ जना सुकुम्वासी स्वेच्छिक रूपमा उपस्थित भई आफ्नो विवरण दर्ता गराइसकेका छन्।

विवरण सङ्कलन तथा व्यवस्थापन कार्यमा सहरी विकास तथा भवन निर्माण विभाग, काठमाडौं उपत्यका विकास प्राधिकरण, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र काठमाडौं महानगर प्रहरीको संयुक्त टोली खटिएको छ।

प्रतिक्रिया