उपसभामुख ठाकुर अस्पतालबाट ‘डिस्चार्ज’


काठमाडौं – उपसभामुख रुविकुमारी ठाकुर स्वास्थ्यमा सुधार भएपछि अस्पतालबाट घर फर्किएकी छिन् ।

स्वास्थ्यमा सुधार आएपछि किस्ट अस्पतालमा उपचाररत उपसभामुख ठाकुर आज घर फर्किएकाे स्वकीय सचिव तारा राईले जानकारी दिइन् ।

मधुमेहको समस्या देखिपछि उपसभामुख ठाकुर बुधबार अस्पताल भर्ना भएकी थिइन् । चिकित्सकले उनलाई घरमै आराम गर्न सल्लाह दिएका छन् ।

प्रतिक्रिया