नेपालले ओमानविरुद्ध पहिला फिल्डिङ गर्दै


काठमाडौं – आईसीसी विश्वकप लिग–२ क्रिकेटमा नेपालले ओमानविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।

त्रिवि क्रिकेट मैदानमा ओमानका कप्तान जतिन्दर सिंहले घरेलु टोलीविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

नेपालले यूएईसँगको पहिलो खेलबाट एक परिवर्तन गरेको छ । ललित राजवंशीको स्थानमा गुल्शन झा टोलीमा आएका छन् ।

पहिलो खेलमा नेपालले युएईलाई हराउँदा दोस्रो खेलमा युएईले ओमानलाई हराएको थियो ।

नेपालको प्लेइङ–११

रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, आरिफ शेख, बसिर अहमद, सोमपाल कामी, सन्दीप लामिछाने, गुल्सन झा र करण केसी ।

 

प्रतिक्रिया