
प्रतितोला ३ हजारले घट्यो सुनको मूल्य
काठमाडौं – नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ।
आज सुन तोलामा ३ हजार रुपैयाँले र चाँदी तोलामा १०० रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला २ लाख ९७ हजार ५०० रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन सोमबार सुन प्रतितोला ३ लाख ५०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदी प्रतितोला ४ हजार ९४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। सोमबार चाँदी प्रतितोला ५ हजार ४५ रुपैयाँमा कारोबार भएको थियो।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ।



कागजपत्र |
