यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका निर्णय


काठमाडौं-  सरकारले सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्दै व्यापारिक कारोबार गर्न सक्ने सार्वजनिक निकायको सूचीमा समावेश गर्ने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले उक्त सम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णय गरिएको जानकारी दिए।

त्यसैगरी बैठकले भन्सार नियमावली २०८३ स्वीकृत गर्ने निर्णय पनि गरेको छ।

यससँगै सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेललाई सशस्त्र प्रहरी बलको महानिरीक्षक (आईजी) मा नियुक्त गर्ने निर्णय समेत गरिएको छ।

प्रतिक्रिया