सिंहदरबारमा मन्त्रिपरिषद् बैठक


काठमाडौं –  मन्त्रिपरिषद् बैठक सुरू भएको छ।

प्रधानमन्त्रीका सञ्चार विज्ञ दीपा दाहालका अनुसार बैठक दिउँसो २ बजेदेखि बसिरहेको हो। बैठकमा विभिन्न नियमित विषयहरूसँगै केही महत्वपूर्ण विधेयकहरू अघि बढाउने विषयमा छलफल भइरहेको स्रोतले जनाएको छ।

सरकारले सङ्घीय निजामतीसम्बन्धी विधेयकसहित केही विधेयक पारित गरेर संसद्मा पेश गर्ने तयारी गरेको छ। आसन्न बजेट अधिवेशनलाई लक्षित गर्दै ४३ वटा विधेयक संसद्मा लैजाने तयारी सरकारको छ।

यद्यपि बजेट अधिवेशन कहिले बस्ने भन्ने विषय अझै टुंगो लागिसकेको छैन। यसअघि वैशाख १७ गतेका लागि आह्वान गरिएको अधिवेशन भोलिपल्टै स्थगित गरिएको थियो।

प्रतिक्रिया