गैरीगाउँ र मनाेहरा क्षेत्रमा बिहानैदेखि डोजर चलाइयो, मनोहरामा मात्रै १७ डोजर परिचालन


काठमाडौं – राजधानीका सुकुम्बासी बस्तीमा आज पनि डोजर चलाइएको छ । अतिक्रमित सार्वजनिक जग्गा खाली गराउन डोजर परिचालन गरिएको हो ।

गैरीगाउँस्थित सुकुमबासी बस्तीमा सोमबार बिहानदेखि दुई वटा डोजर परिचालन गरिएको छ ।

यस्तै, भक्तपुरस्थित मनोहरा सुकुमबासी बस्तीमा १७ वटा डोजर परिचालन गरी घर–टहर भत्काइँदै छ ।

मनोहरा सुकुमबासी बस्तीमा आइतबार बिहानदेखि सुकुमबासी बस्ती हटाउन थालिएको हो । गैरीगाउँ र थापाथलीस्थित सुकुमबासी बस्तीमा भने शनिबार नै डोजर परिचालन गरिएको थियो ।

प्रतिक्रिया