
बीपी राजमार्गमा अलपत्र यात्रुलाई खाद्य तथा पेय पदार्थ वितरण
काभ्रेपलाञ्चोक- बीपी राजमार्गमा अलपत्र परेका यात्रुहरूलाई राहत स्वरूप जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट खटिएका प्रहरी टोलीले स्थानीयवासीसँग सहकार्य गर्दै खाद्य तथा पेय पदार्थ वितरण गरेका छन्।
भकुण्डे बेसी क्षेत्रका स्थानीय नागरिकहरूको सहयोगमा यात्रुहरूलाई फलफूल, पानी लगायत आवश्यक सामग्री उपलब्ध गराइएको हो। आकस्मिक अवस्थाका कारण राजमार्गमा रोकिएका यात्रुहरूलाई तत्काल राहत पुर्याउन प्रहरी र स्थानीय मिलेर सहयोग गरिरहेका छन्।





कागजपत्र |
