आइसीसी लिग २ः युएईविरुद्ध ब्याटिङमा नेपाल 


काठमाडौं- आईसीसी लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले यूएईविरुद्ध ब्याटिङ गर्दै छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यूएईले टस जितेर नेपाललाई पहिला ब्याटिङको निम्तो दिएको हो। योसँगै नेपाल, यूएई र ओमानबीचको सिरिज सुरु भएको छ।

आठ राष्ट्र समावेश प्रतियोगिताबाट चार टोली विश्वकप छनोटमा जानेछन्। नेपाल र यूएई भने अंकतालिकाको पुछारमा रहेका छन्।

प्रतिक्रिया