थापाथलीका सुकुम्बासी खाली गर्न थाले बस्ती


काठमाडौं- प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले अतिक्रमित सुकुम्बासी बस्ती खाली गराउन निर्देशन दिएपछि थापाथली क्षेत्रका बासिन्दाले बस्ती खाली गर्न थालेका छन्।

प्रधानमन्त्री शाहले अतिक्रमित बस्ती हटाउने अभियानलाई तीव्र बनाउन सबै सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका हुन्। गृह मन्त्रालयको जिम्मेवारीसमेत सम्हालिरहेका उनले सुरक्षा प्रमुखहरूसँगको छलफलमा यस्तो निर्देशन दिएका थिए।

शनिबार बिहानदेखि डोजर चल्ने हल्ला फैलिएपछि सुकुम्बासीहरूले बिहीबार साँझदेखि नै आफ्ना सामान सार्न सुरु गरेका छन्।

प्रतिक्रिया