वैशाख १७ का लागि बोलाइएको संसद् अधिवेशन स्थगित


काठमाडौं — वैशाख १७ गतेका लागि आह्वान गरिएको संघीय संसद्को अधिवेशन स्थगित भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन स्थगन गर्ने निर्णय गर्दै राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि उक्त निर्णय कार्यान्वयनमा आएको हो।

राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा विशेष कारण देखाउँदै अधिवेशन स्थगन गरिएको उल्लेख छ।

यसअघि राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसअनुसार वैशाख १७ गते बिहीबारका लागि संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका थिए।

676641055_1667404510966082_8678139350200871024_n-1776944590.png

प्रतिक्रिया