बच्चा जन्माउन नर्कजस्तो देशबाट अमेरिका आउने प्रवृत्ति बढ्यो: ट्रम्प


काठमाडौं-  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विभिन्न देशका गर्भवती महिलाहरू बच्चा जन्माउनकै लागि अमेरिका आउने गरेको दाबी गरेका छन्।

सामाजिक सञ्जाल ट्रुथ सोसलमा जन्मसिद्ध नागरिकताको विपक्षमा लामो विज्ञप्ति सार्वजनिक गर्दै राष्ट्रपति ट्रम्पले बच्चालाई अमेरिकी नागरिकता दिलाउनकै लागि केही व्यक्तिहरू गर्भावस्थाको अन्तिम चरणमा अमेरिका आउने गरेको आरोप लगाए।

उनका अनुसार जन्मसाथै अमेरिकी नागरिकता प्राप्त हुने व्यवस्थाको फाइदा उठाउँदै भारत, चीनलगायत देशबाट परिवारसहित आप्रवासन गर्ने प्रवृत्ति बढेको छ। ट्रम्पले ती देशलाई कडा शब्दमा आलोचना गर्दै “हेलहोल” (नर्कजस्तो) देशहरूबाट समेत मानिसहरू आउने गरेको टिप्पणी गरेका छन्।

ट्रम्पले यस्तो आप्रवासनका कारण अमेरिकामा अंग्रेजी भाषाको प्रयोग घट्दै गएको र आप्रवासी समुदायमा अमेरिकी राष्ट्रप्रतिको भाव कमजोर भएको दाबी गरे।

उनले नयाँ आप्रवासीहरू युरोपेली मूलका अघिल्ला आप्रवासीजस्तो अमेरिकी समाजमा सहज रूपमा घुलमिल हुन नसकेको पनि उल्लेख गरे। उनका अनुसार आइरिश, पोलिश, लिथुआनियन, रोमानियन र रुसी मूलका आप्रवासीहरूले अमेरिकी समाजमा सहज समायोजन गरेका भए पनि पछिल्ला आप्रवासीहरूमा त्यो प्रवृत्ति देखिँदैन।

प्रतिक्रिया