सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गरेको आरोपमा गिरी पक्राउ


काठमाडौं – महिलाको चरित्र हत्यामा संलग्न रहेको आरोपमा एक जना पक्राउ परेका छन् ।

सामाजिक सञ्जालमार्फत एक महिलाको चरित्र हत्या गरेको अभियोगमा प्रहरीले भक्तपुरका महेश गिरीलाई पक्राउ गरेको हो । गिरीलाई मंगलबार काठमाडौँको गौशालाबाट पक्राउ गरिएको साइबर ब्युरोका प्रवक्ता (एसपी) दिलीप कुमार गिरीले बताए ।

सामाजिक सञ्जाल (फेसबुक) मार्फत उनले एक जना पीडित महिलाको चरित्र हत्या गरेको प्रहरी अधिकृतहरू बताउँछन् । बलात्कार पीडित शोभा पाठकले आफ्नो चरित्र हत्या गरेको कसुरमा महेश गिरीलाई प्रहरीले पक्राउ गरेको जानकारी गराएकी छन् ।

सामाजिक सञ्जालमा उनले लेखेकी छन्, ‘मेरो फोटोहरू हालेर चरित्र हत्या गर्दै हिँड्ने र धाकधम्की दिने महेश गिरीलाई प्रहरीले पक्राउ गरेको छ ।’ आफू विरुद्ध हैरानी दिने अन्य व्यक्तिहरू विरुद्ध पनि उजुरी गर्ने उनले बताएकी छन् ।

प्रतिक्रिया