संसदमा फोटो–भिडियो निषेधदेखि मन्त्रीको अनिवार्य उपस्थितिसम्मकाे नयाँ प्रस्ताव


काठमाडौं-  प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले तयार पारेको प्रतिवेदन सभामुख डीपी अर्याललाई बुझाइएको छ। समितिका सभापति गणेश पराजुलीले मंगलबार सभामुखलाई मस्यौदा हस्तान्तरण गरेका हुन्।

चैत २३ गते बसेको प्रतिनिधिसभाको बैठकले उक्त मस्यौदा समिति गठन गरेको थियो। सोही समितिले नियमावलीमा विभिन्न नयाँ प्रावधानहरू समेट्दै प्रतिवेदन तयार पारेको हो।

मस्यौदामा प्रतिनिधिसभा बैठकभित्र फोटो खिच्न, अडियो तथा भिडियो रेकर्ड गर्न नपाइने व्यवस्था प्रस्ताव गरिएको छ। त्यस्तै, बैठकमा सम्बन्धित मन्त्री अनिवार्य रूपमा उपस्थित हुनुपर्ने र आकस्मिक, शून्य तथा विशेष समयमा उठाइएका विषयमा ७ दिनभित्र अनिवार्य जवाफ दिनुपर्ने प्रावधान पनि राखिएको छ।

Skip to PDF content

प्रतिक्रिया