सीईडीबी हाइड्रोपावरकाे २५ करोड रुपैयाँको आईपीओ पक्का


काठमाडौं – पछिल्लो समय आईपीओमा धेरै नागरिकहरु आकर्षित भएका छन् । यसैबीच विभिन्न आर्थीक क्षेत्रहरुबाट आईपिओ आउने क्रम जारी भैरहँदा सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको २५ करोड १८ लाख रुपैयाँ भन्दा बढीको आईपीओ आउने पक्का भएको छ ।

बिहीबार नेपाल धितोपत्र बोर्डले सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीलाई आईपीओ जारी गर्न स्वीकृति प्रदान गरेको हो । सीईडीबी हाइड्रोपावरको आईपीओ निष्काशनका लागि बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ ।

बोर्डले दिएको जानकारी अनुसार एक सय रुपैयाँ अंकति मूल्यमा कम्पनीले २५ लाख १८ हजार २ सय ३० कित्ता अर्थात २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्नेछ ।

प्रतिक्रिया