सभामुख डीपी अर्यालको गाडीलाई ट्राफिककाे चिट


काठमाडौं –  सभामुख डीपी अर्यालको सवारीसाधनलाई ट्राफिक प्रहरीले कारबाहीस्वरूप चिट काटेको छ ।

थापाथलीस्थित सडकमा ट्राफिक नियम उल्लंघन गरेको अवस्थामा सभामुखको गाडी, अगुवा र पछुवा गरी तीन वटा सवारीसाधनलाई ट्राफिक प्रहरीले चिट काटेको हो ।

नियम उल्लंघनपछि ती सवारीसाधन सिंहदरबार प्रवेश गरेका थिए । त्यसपछि ट्राफिक प्रहरी सिंहदरबारमै पुगेर कारबाहीस्वरूप चिट काटेको जनाइएको छ ।

ट्राफिक प्रहरी स्रोतका अनुसार नियम उल्लंघन गर्ने सबै सवारीसाधन समान भएकाले कुनै छुट नदिई कारबाही गरिएको हो ।

 

प्रतिक्रिया