संघीय संसद्का दुई समितिमा ६ सांसद मनोनीत


काठमाडौं- संघीय संसद् अन्तर्गतका दुई समितिमा ६ जना सांसद मनोनीत गरिएको छ। संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिमा सांसदहरूको मनोनयन गरिएको हो।

संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली २०८० को नियम २५ को उपनियम (२) र नियम २८ को उपनियम (२) बमोजिम २७ गतेको संसद् बैठकबाट उक्त मनोनयन गरिएको संघीय संसद् सचिवालयले जनाएको छ।

संसदीय सुनुवाइ समितिमा आनन्दप्रसाद ढुंगाना, नरबहादुर विष्ट र प्रेमप्रसाद दंगाल मनोनीत भएका छन्।

त्यस्तै, राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिमा किरणबाबु श्रेष्ठ, मदनकुमारी शाह (गरिमा) र अन्जान शाक्य मनोनीत भएका छन्।

प्रतिक्रिया