सुन तस्करी प्रकरण : पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध भ्रष्टाचार मुद्दा


काठमाडौं-  विद्युतीय चुरोट (भेप)मा लुकाएर सुन तस्करी गराएको अभियोगमा पूर्वसभामुख तथा नेकपा नेता कृष्णबहादुर महरासहित २९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक्त प्रकरणमा महरासँगै सहसचिव अरुण पोखरेललाई पनि प्रतिवादी बनाएको जनाएको छ।

अख्तियारका अनुसार चिनियाँ तस्कर समूहसँग मिलेर भेपको आवरणमा सुनको अवैध ओसारपसार गराएको आरोपमा महराका छोरा राहुल महरासहितलाई पनि प्रतिवादी बनाइएको छ। यस प्रकरणमा करिब ७ करोड रुपैयाँ बिगो कायम गरी बिहीबार विशेष अदालतमा अभियोगपत्र दायर गरिएको हो।

अभियोगपत्रमा पुस २०७९ मा चिनियाँ गिरोहले भेपको आवरणमा भित्र्याएको सुन पास गराउन पूर्वसभामुख महरासहितका व्यक्तिहरू संलग्न रहेको उल्लेख गरिएको छ। उक्त सुन तस्करी प्रकरणमा उच्च तहका व्यक्तिहरूको संलग्नता रहेको भन्दै अख्तियारले विस्तृत अनुसन्धानपछि मुद्दा अघि बढाएको हो।

प्रतिक्रिया