
इजरायलद्वारा इरानका १२० भन्दा बढी स्थानमा आक्रमण
तेल अभिभ – इजरायलले इरानका १२० भन्दा बढी स्थानमा आक्रमण गरेको दाबी गरेको छ। इजरायली सेनाका अनुसार पछिल्लो २४ घण्टामा मध्य र पश्चिमी इरानका विभिन्न क्षेत्रमा सैन्य पूर्वाधारसहितका स्थलहरूलाई लक्षित गरी आक्रमण गरिएको हो।
इजरायली रक्षा बल (आईडीएफ) ले ड्रोन उत्पादन केन्द्र, प्रहार स्थल, क्षेप्यास्त्र प्रदर्शन स्थल तथा हवाई रक्षा प्रणालीहरूलाई निशाना बनाइएको जनाएको छ। आक्रमणहरू चरणबद्ध रूपमा सञ्चालन गरिएको र रणनीतिक सैन्य संरचनालाई क्षति पुर्याउने उद्देश्य रहेको बताइएको छ।
यसैबीच, शनिबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि भएको व्यापक हमलामा परेर केही इरानी सैन्य नेताहरूको मृत्यु भएको दाबी गरेका थिए। तर उनले त्यसबारे विस्तृत जानकारी भने सार्वजनिक गरेका थिएनन्।



कागजपत्र |
