

स्वास्थ्य मापदण्ड अपनाई ‘बिसु’ पर्व मनाउन मुख्यमन्त्री भट्टको आग्रह

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोना भाइरस सङ्क्रमणको महामारीबाट प्रदेश अझै मुक्त हुन नसकिरहेको अवस्थामा तोकिएका स्वास्थ्यसम्बन्धी मापदण्ड अपनाई ‘बिसु’ पर्व मनाउन आग्रह गरेका छन् ।
‘बिसु’ पर्व तथा नयाँ वर्षको उपलक्ष्यमा प्रदेशवासीलाई आज दिउको सन्देशमा मुख्यमन्त्री भट्टले नयाँ वर्षले प्रदेशवासीका घरघरमा उत्साह, उमङ्ग, उन्नति, प्रगति, सुख शान्ति र समृद्धि छाओस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।
नयाँ वर्ष आरम्भ भएसँगै सुदूरपश्चिम प्रदेशमा मात्र मनाइने ‘बिसु’ पर्व आज उल्लासपूर्वक मनाइँदै छ ।

