शैक्षिक सत्र सुरु भएपछि मात्रै विद्यार्थी भर्नाको सूचना निकाल्न सर्वोच्चको आदेश


काठमाडौं –  सर्वोच्च अदालतले शैक्षिक सत्र सुरु भएपछि मात्र विद्यार्थी भर्नासम्बन्धी सूचना प्रकाशन गर्न सरकार र सरोकारवालाहरूका नाममा अन्तरिम आदेश जारी गरेको छ।

न्यायाधीश बालकृष्ण ढकालको इजलासले वैशाख १ गतेदेखि शैक्षिक सत्र सुरु भएपछि मात्रै भर्नाका लागि सूचना तथा कार्यक्रम सार्वजनिक गर्न निर्देशन दिएको हो। अदालतले शैक्षिक सत्र सुरु हुनु अघि कुनै पनि प्रकारको भर्ना प्रक्रिया अगाडि नबढाउन स्पष्ट गरेको छ।

शैक्षिक सत्र सुरु नहुँदै विद्यालयहरूले प्रवेश परीक्षा र प्रतिस्पर्धात्मक प्रक्रियाका नाममा भर्ना सूचना जारी गरिरहेको भन्दै सर्वोच्चमा रिट निवेदन दायर गरिएको थियो। सोही रिटमाथि सुनुवाइ गर्दै अदालतले यस्तो अन्तरिम आदेश दिएको हो।

प्रतिक्रिया