
एमाले मुख्यालयमा युवाको सांकेतिक विरोध, नेताहरूलाई फूल उपहार
काठमाडौं- नेकपा एमालेको च्यासलस्थित मुख्यालयमा आज बसेको सचिवालय बैठकका क्रममा युवा कार्यकर्ताहरूले नेताहरूलाई फूल उपहार दिँदै नेतृत्व सच्चिन र पुस्तान्तरण गर्न आग्रह गरेका छन्। बैठकमा सहभागी हुन पुगेका नेताहरूलाई एमालेमै आबद्ध युवाहरूले फूल दिएर सांकेतिक विरोध जनाएका हुन्।
पछिल्ला केही दिनदेखि नेतृत्वप्रति असन्तुष्टि जनाउँदै अनेरास्ववियुका युवाहरूले चरणबद्ध कार्यक्रम गर्दै आएका छन्। आज उनीहरूले कार्यवाहक अध्यक्ष रामबहादुर थापा ‘बादल’ लगायतका नेताहरूलाई फूल प्रदान गर्दै पार्टीमा सुधार र नेतृत्व हस्तान्तरणको माग राखेका थिए।
यसै क्रममा नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीलाई अझ सुदृढ बनाउँदै आगामी दिनमा युवाहरूको हातमा सुम्पिने धारणा व्यक्त गरेका छन्। सचिवालय बैठकअघि पार्टी कार्यालयमा उपस्थित अनेरास्ववियुका युवाहरूलाई उनले सो प्रतिक्रिया दिएका हुन्।



कागजपत्र |
