
प्रतिनिधि सभा बैठक सुरु
काठमाडौं- फागुन २१ गते सम्पन्न निर्वाचनबाट आएको प्रतिनिधिसभाको बैठक सुरु भएको छ ।
सिंहदरबारस्थित पुतली बगैचामा निर्माणाधिन संसद् भवनको बहुउद्देश्यीय हलमा बैठक सुरु भएको हो ।
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य नेपाली कांग्रेसका सांसद् अर्जुन नरसिंह केसीले बैठक सञ्चालन गरिरहेका छन् ।
पहिलो बैठकमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताले सम्बोधन गर्ने तय भएको छ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले दिउँसो २ बजे बैठक आह्वान गरेका थिए ।



कागजपत्र |
