
दासढुंगामा रोकेर राखेको ट्याङ्करसँग बस ठोक्कियो, १३ जना घाइते
काठमाडौं- चितवनको भरतपुर महानगरपालिका–२९ दासढुंगामा रोकेर राखिएको तेल ट्याङ्करमा बस ठोक्किँदा १३ जना घाइते भएका छन् ।
ना.६ ख ७०३६ नम्बरको बसले सडकमा पार्किङ अवस्थामा रहेको ना.४ ख २५०३ नम्बरको तेल ट्याङ्करलाई ठक्कर दिएको हो । दुर्घटनाबारे जानकारी दिँदै राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरका एसपी डिल्लीनारायण पाण्डेले १३ जना घाइते भएको पुष्टि गरे ।
घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । बस वीरगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको अवस्थामा दुर्घटना भएको हो ।
दुर्घटनामा परेका घाइतेहरूको नेशनल सिटी अस्पताल र नयाँ मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।



कागजपत्र |
