
सिंहदरबारमा सर्वदलीय बैठक जारी
काठमाडौं- सिंहदरबारमा सर्वदलीय बैठक जारी रहेको छ। संघीय संसद सचिवालयको आह्वानमा आयोजित बैठकको अध्यक्षता ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीले गरिरहेका छन्।
दिउँसो १ बजेका लागि तय गरिएको बैठक एमाले र श्रम संस्कृति पार्टीका सांसदहरू ढिलाइले उपस्थित भएपछि करिब आधा घण्टा ढिलो गरी सुरु भएको हो।
बैठकमा कानुन मन्त्री सोबिता गौतमसमेत सहभागी रहेको जनाइएको छ।
फागुन २१ गते सम्पन्न निर्वाचनपछिको यो पहिलो सर्वदलीय बैठक हो। संघीय संसदको पहिलो बैठक भने भोलि चैत १९ गते दिउँसो २ बजेका लागि बोलाइएको छ।



कागजपत्र |
