प्रतिनिधिसभाको पहिलो बैठकअघि सर्वदलीय बैठक बस्ने


काठमाडौं-  संघीय संसद सचिवालयले प्रतिनिधिसभाको पहिलो बैठक बस्नुअघि सर्वदलीय बैठक आह्वान गरेको छ। सरकारको सिफारिसमा राष्ट्रपतिबाट संघीय संसद अधिवेशन आह्वान भएपछि सचिवालयले तयारीस्वरूप सर्वदलीय बैठक बोलाएको हो।

गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित सांसदहरूको पहिलो बैठक १९ चैत दिउँसो २ बजेका लागि तय गरिएको छ। उक्त बैठकअघि बुधबार दिउँसो १ बजे सर्वदलीय बैठक बस्ने संसद सचिवालयले जनाएको छ।

प्रतिक्रिया