एमाले सचिवालय बैठक जारी


काठमाडौं- अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि नेकपा एमालेको सचिवालय बैठक दोस्रोपटक बसेको छ । यसअघि गत शनिबार ओली पक्राउ परेकै दिन आकस्मिक बैठक बसेको थियो ।

सो बैठकले सडक आन्दोलन र कानुनी लडाइँ गर्ने निर्णय गरेको थियो । त्यसपछि देशभर एमालेले ओली पक्राउको विरोधमा प्रदर्शन गरेको थियो ।

त्यसपछि आज फेरि सचिवालय बैठक बसेको हो । अहिले पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक जारी छ ।

प्रतिक्रिया