बालेन्द्रलाई बधाई दिँदै सुशीला लेख्छिन्, ‘३५ वर्षीय युवालाई आफ्नो उत्तराधिकारीका रूपमा पाउँदा हर्षित छु’


काठमाडौं — जेनजी आन्दोलनपछि गठित अन्तरिम सरकारकी निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई दिएकी छन्।

प्रधानमन्त्री पदबाट बिदा भएलगत्तै उनले शाहलाई बधाई दिँदै शुभकामना व्यक्त गरेकी हुन्। ३५ वर्षीय युवालाई आफ्नो उत्तराधिकारीका रूपमा पाउँदा आफू थप हर्षित भएको उनले बताएकी छन्।

उनले जोस र होसको सन्तुलन कायम गर्दै जनादेशको सम्बोधन गर्न सफलताको कामना गरेकी छन्।

कार्कीले सामाजिक सञ्जालमार्फत लेखेकी छन्,’नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई। ३५ वर्षीय युवालाई आफ्नो उत्तराधिकारीका रूपमा पाउँदा मलाई थप हर्षित बनाएको छ। जोस र होसको सन्तुलन मिलाएर जनादेशको सम्बोधन गर्न सफलता मिलोस्। अपार शुभकामना।’

 

प्रतिक्रिया