
लाङटाङ क्षेत्रमा मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कविहीन
काठमाडौं – रसुवाको लाङटाङ क्षेत्रमा उडानरत मुस्ताङ एयरको एक हेलिकप्टर शुक्रबार दिउँसोदेखि सम्पर्कविहीन भएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) अन्तर्गत त्रिभुवन विमानस्थल कार्यालयका अनुसार उक्त हेलिकप्टर दिउँसो करिब साढे १ बजेदेखि सम्पर्कबाट बाहिरिएको हो।
हेलिकप्टर सम्पर्कविहीन भएपछि खोजी तथा उद्धार कार्य तीव्र पारिएको प्राधिकरणले जनाएको छ। यद्यपि, हेलिकप्टरको हालको अवस्था र ठ्याक्कै स्थानबारे अहिलेसम्म कुनै स्पष्ट जानकारी प्राप्त हुन सकेको छैन।
सुरक्षानिकायहरू हेलिकप्टरको लोकेशन पत्ता लगाउन सक्रिय रूपमा जुटिरहेका छन्।



कागजपत्र |
