
बालेनलाई भारतीय प्रधानमन्त्री मोदीको बधाई
काठमाडौं- नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन्।
मोदीले सामाजिक सञ्जाल एक्समार्फत बालेनलाई बधाई तथा शुभकामना व्यक्त गरेका हुन्।
उनले लेखेका छन्, “नेपालको प्रधानमन्त्रीको रूपमा पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएकोमा श्री बालेन्द्र शाहलाई हार्दिक बधाई।”
मोदीले बालेनको नियुक्तिले नेपाली जनताले उनको नेतृत्वमाथि राखेको विश्वास प्रतिबिम्बित गरेको उल्लेख गरेका छन्। साथै, उनले दुई देशबीचको मित्रता र सहकार्यलाई अझ सुदृढ बनाउँदै अगाडि बढ्न आफू उत्सुक रहेको बताएका छन्।
उनले लेखेका छन्, “हाम्रा दुवै देशका जनताको पारस्परिक हितका लागि भारत–नेपाल मित्रता र सहकार्यलाई अझ उच्च स्तरमा पुर्याउन तपाईंसँग नजिकबाट सहकार्य गर्न म उत्सुक छु।”



कागजपत्र |
