
बङ्गलादेशको पद्मा नदीमा बस खस्दा २३ जनाको मृत्यु
काठमाडौं- बंगलादेशमा बुधबार साँझ पद्मा नदीमा बस खस्दा अहिलेसम्म २३ जनाको मृत्यु भएको छ ।
एघार यात्रु भने पौडी खेलेर बाँच्न सफल भएको बंगलादेशी सञ्चारमाध्यमले जनाएका छन् । बसमा लगभग ४० जना सवार थिए ।
बस राजबारी जिल्लाको दौलादिया टर्मिनलमा दुर्घटनामा परेको हो । बस फेरी (ठुलो डुंगा) चढ्दै गर्दा चालकले नियन्त्रण गुमाएपछि बस नदीमा खसेको बताइएको छ ।
बंगलादेशमा बसलगायत सवारीसाधनलाई नदी पार गराउन फेरी प्रयोग गरिन्छ। यो ठुलो डुंगा वा जहाजजस्तै हुन्छ ।
बंगलादेशका प्रधानमन्त्री तारिक रहमानले दुर्घटनाको अनुसन्धान गर्न सम्बन्धित निकायलाई आदेश दिएका छन् ।



कागजपत्र |
