तिनाउ नदीमा बेपत्ता २ भारतीय युवकको शव फेला


पाल्पा- तिनाउ खोलामा डुबेर बेपत्ता भएका दुईजना भारतीय युवकको शव फेला परेको छ ।

भारतको उत्तर प्रदेश मेधावल ठाकुरद्धार पञ्चायत वडा नम्बर १८ सन्तकबीर नगरका १७ वर्षीय अमान अन्सारी र मोहम्मद फहरान अन्सारीको शव फेला सोमबार परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीका अनुसार सोमबार बिहान साढे १० बजेतिर डुबेको स्थानबाट करिब १०० मिटर तल अमानको शव फेला परेको थियो ।

यस्तै, सोमबार दिउँसो ४ बजेतिर डुबेको स्थानबाट करिब २०० मिटर तल मोहम्मद फहरानको शव फेला परेको प्रहरीले जनाएको छ ।​

प्रतिक्रिया