
ललितपुरको सानदार मोमोमा लापरबाहीः अर्डर भेज, प्लेटमा एक पिस मटन
ललितपुर- ललितपुरको सानागाउँस्थित सानदार मोमोमा खाद्य लापरबाहीको घटना सार्वजनिक भएको छ।
ग्राहकले ‘भेज पनिर मोमो’ अर्डर गर्दा प्लेटमा एक पिस ‘मटन मोमो’ आएको भेटिएपछि घटना बाहिर आएको हो। मोमो बनाउने सेफले गल्ती भएको स्वीकार गरेका छन्। घटनापछि पसलका प्रतिनिधिले भनेका छन्, “गल्ती भएकै हो, आगामी दिनमा यस्तै गल्ती दोहोरिँदैन।”
घटनापछि सानदारले मोमोको शुल्क नलिएको ती ग्राहकले बताएका छन्। यस घटनाले ग्राहक सेवा र खाद्य सुरक्षामा विशेष ध्यान दिनुपर्ने कुरा पुनः स्मरण गराएको छ।



कागजपत्र |
