
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ९२ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५२ पैसा तोकिएको छ ।
युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ ६९ पैसा र बिक्रीदर १७० रुपैयाँ ३७ पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९६ रुपैयाँ ३९ पैसा र बिक्रीदर १९७ रुपैयाँ १९ पैसा निर्धारण गरिएको छ । स्वीस फ्रयांक एकको खरिददर १८५ रुपैयाँ ९१ पैसा र बिक्रीदर १८६ रुपैयाँ ६६ पैसा कायम गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ ११ पैसा र बिक्रीदर १०४ रुपैयाँ ५४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ६८ पैसा र बिक्रीदर १०८ रुपैयाँ १२ पैसा, सिंगापुर डलर एकको खरिददर ११५ रुपैयाँ २७ पैसा र बिक्रीदर ११५ रुपैयाँ ७४ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ ३० पैसा र बिक्रीदर नौ रुपैयाँ ३४ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ४४ पैसा र बिक्रीदर २१ रुपैयाँ ५२ पैसा तोकिएको छ ।
साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ४० पैसा र बिक्रीदर ३९ रुपैयाँ ५६ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ५७ पैसा र बिक्रीदर ४० रुपैयाँ ७४ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ५० पैसा र बिक्रीदर चार रुपैयाँ ५२ पैसा, युएई दिराम एकको खरिददर ४० रुपैयाँ २८ पैसा र बिक्रीदर ४० रुपैयाँ ४४ पैसा, मलेसियन रिंगेट एकको खरिददर ३७ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७० पैसा निर्धारण गरिएको छ ।
साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ८६ पैसा र बिक्रीदर नौ रुपैयाँ ९० पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ७३ पैसा र बिक्रीदर १५ रुपैयाँ ७९ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ७१ पैसा र बिक्रीदर २२ रुपैयाँ ८० पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ८८ पैसा र बिक्रीदर १८ रुपैयाँ ९६ पैसा, कुवेती दिनार एकको खरिददर ४८२ रुपैयाँ ४५ पैसा र बिक्रीदर ४८४ रुपैयाँ ४१ पैसा तोकेको छ ।
बहराइन दिनार एकको खरिददर ३९१ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३९३ रुपैयाँ ३८ पैसा, ओमनी रियाल एकको खरिददर ३८४ रुपैयाँ २१ पैसा र बिक्रीदर ३८५ रुपैयाँ ७७ पैसा रहेको छ ।
भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । रासस



कागजपत्र |
