
सन्दीप लामिछाने लिइज रेड लायन्सबाट इयुटी–२० बेल्जियम खेल्ने
काठमाडौं– सन्दीप लामिछानेले बेल्जियम टी–२० क्रिकेट लिग इयुटी–२० बेल्जियम खेल्ने भएका छन्।
बुधबार लिगका ६ मध्ये एक टिम लिइज रेड लायन्स ले सन्दीपलाई अनुबन्धित गरेको जनाएको छ। यसअघि लायन्सले अस्ट्रेलियाका ब्याट्सम्यान क्रिस लिन र अमेरिकाका कोरे एन्डरसन लाई पनि अनुबन्धित गरिसकेको थियो।
टिमले सामाजिक सञ्जालमा भनेकाे छ, “यस सिजन नयाँ स्पिनरको आगमन भएको छ। टिमको बलिङ पंक्तिलाई बलियो बनाउन सन्दीप लामिछानेलाई टिममा भित्र्याइएको घोषणा गर्दछौँ।”
इयुटी–२० बेल्जियम प्रतियोगिता यस लिगको पहिलो संस्करण हो। प्रतियोगितामा एन्टवेर्प एन्चोर्स, जेबी ब्रुगेस, लिइज रेड लायन्स, रोयास ब्रुसेल्स, घेन्ट र लेउभेन गरी ६ फ्रेन्चाइज टिमको सहभागिता छ।
सन्दीपले हालसम्म घरेलु टी–२० क्रिकेटमा १६८ खेल खेल्दै २४३ विकेट लिएका छन्।



कागजपत्र |
