
वीर अस्पतालका लेखा अधिकृत राईविरुद्ध अख्तियारमा उजुरी
काठमाडौं – वीर अस्पतालका लेखाअधिकृत वीरसिं राईविरुद्ध अनियमितता गरेको आरोपमा उजुरी परेको छ ।
वीर अस्पतालको लेखा शाखामा कार्यरत राई सरुवा भएर आउनासाथ विवादमा परेका हुन् ।
उनीमाथि अस्पतालमार्फत् गर्नुपर्ने विभिन्न व्यवसायीलाई भुक्तानीको निश्चित प्रतिशत नगद उठाएको समेत आरोप लागेको छ ।
साथै उनले अस्पतालका विभिन्न टेण्डरहरुमा आफू निकटका व्यक्ति तथा फर्महरुलाई मात्र सहज हुने गरी काम गर्ने, करार कर्मचारीहरुको म्याद थप्नका लागि आर्थिक लाभ लिने गरेको समेत आरोप छ ।
उनीविरुद्ध प्रधानमन्त्री कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र, स्वास्थ्य मन्त्रालय, महालेखा नियन्त्रणको कार्यालयलगायतका निकायमा उजुरी परेको हो ।



कागजपत्र |
