पत्रकार दाहालमाथि दुर्व्यवहार गर्ने प्रहरीलाई कारबाही गरः प्रेस युनियन काठमाडौं


काठमाडौं– समाचार संकलनका क्रममा नयाँ पत्रिका दैनिकका पत्रकार केदार दाहालमाथि दुर्व्यवहार गर्ने प्रहरीलाई कारबाही गर्न प्रेस युनियन काठमाडौंले माग गरेको छ।

लैनचौरस्थित भारतीय दूतावासअगाडी रिपोर्टिङमा रहेका बेला पत्रकार दाहालमाथि मंगलबार प्रहरीले दुर्व्यवहार गरेको थियो ।  घटनाको भर्त्सना गर्दै प्रेस युनियन काठमाडौं अध्यक्ष  जगन्नाथ दुलालले विज्ञप्ति जारी गर्दै दोषीमाथि कडा कारवाहीको माग गरेका हुन्।

समाचार सकंलनका क्रममा पत्रकार दाहालमाथी भएको आक्रमणको निन्दा गर्दै दुलालले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘समाचार संकलनका क्रममा नेपाल प्रहरीले गरेको ज्यादती एउटा पत्रकार माथिको आक्रमण मात्र नभएर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप हो।’

प्रतिक्रिया