
क्यानडा पठाइदिने भन्दै २७ लाख ठगी गर्ने महिला पक्राउ
काठमाडौं– वैदेशिक रोजगारीका नाममा क्यानडा पठाइदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन्। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–९ बस्ने, कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ घर भएकी ५१ वर्षीया गीता भण्डारी रहेकी छन्।
प्रहरीका अनुसार उनले ‘क्यानडा पठाइदिन्छु’ भन्दै ५ जना पीडितबाट कुल २७ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएकी थिइन्। पीडितहरूको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले उनलाई आइतबार काठमाडौं महानगरपालिका–९ बाट पक्राउ गरेको हो।
पक्राउ परेकी भण्डारीलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।



कागजपत्र |
